नायिका प्रियंका कार्की र आयुष्मानको जोडी नयाँ फण्डाका कारण चर्चामा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित जोडीहरुमध्येको एक हो नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडी । 

यो जोडी समय समयमा विभिन्न फन्डा गर्दै मिडियामा छाउने गरेको छ । यीनीहरुको सम्बन्ध सुरुवात हुँदा देखि नै समय समयमा मिडियामा छाइरहने जोडी हो यो ।  

सुरुवातमा यो जोडी दिदीभाइको नाताले चर्चामा थिए । तर त्यो दिदीभाइको नाता लामो समयसम्म टिक्न सकेन । त्यसको केही समयमा उनीहरु प्रेमीप्रेमिकाका रुपमा प्रस्तुत भए । 

null

जसले गर्दा सबैको ध्यान आफूप्रति खिच्नसमेत सफल भए । उनीहरुले टप्काटालो पनि गरिसकेका छन् । अर्को वर्ष विवाह गर्ने तयारीमा यो जोडी रहेको छ ।  

यो जोडीले आफूलाई मिडियामा छाउनका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ । यसैबीच बेला यो जोडी नयाँ फण्डाका कारण चर्चामा छ । 

उनीहरुले स्विमिङका समयमा खिचेको तस्बिर सार्वजनिक भएसँगै यो जोडीको चर्चा बढेको हो । तस्बिरमा दुवैजना एक अर्कासँग रमाइरहेका छन् । स्विमिङ पुलमा आयुष्मानले प्रियंकालाई उचालेका तस्बिर अहिले चर्चामा छ ।  

यो तस्बिर बाहिरिएसँगै धेरैले उनीहरुको मिडियामा छाउने कलाका रुपमा समेत व्याख्या गरिरहेका छन् । कतिपयले भने चलचित्र प्रचारको नयाँ शैलीका रुपमा उनीहरुको यो पोजलाई लिइरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *