मूलपानी क्रिकेट ग्राउण्डमा दिउसै बालिका बलात्कृत

कात्तिक २१, काठमाडौं । राजधानीमा दिउसै बालिका बलात्कृत भएकी छिन् । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बुधबार (अाज) दिउँसै बालिका बलात्कृत भएकी हुन् । 

दिउँसो १२ बजेतिर क्रिकेट मैदानको कम्पाउन्ड पर्खाल लगाउने मजदुरहरुले मैदान नजिकै बस्ने १२ वर्षकी बालिका बलात्कार गरेका महानगरीय प्रहरी वृत्त बाैद्धले बताएकाे छ । 

कागेश्वरी मनहरा नगरपालिका ७ मा निर्माणाधिन उक्त क्रिकेट मैदानभित्र घुम्न आएका बेला पर्खाल लगाउने मजदुरहरूले बालिका बलात्कार गरेकाे प्रहरीकाे भनार्इ छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले पनि घटनाकाे पुष्टी गरेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् । 

null

स्थानीय र बालिकाको अभिभावकले घटनाकाे बारेमा जानकारी दिनेवित्तिकै मनहरा प्रहरी चौकी र महानगरीय प्रहरी वृत्त वौद्धको टोलीले ती चार जनालार्इ पक्राउ गरेको हो । बालिकाको पनि बुधबार नै स्वास्थ्य परीक्षण गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *