कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विधान मस्यौदा बैठकमा प्रस्तुत हुँने
काठमाडाैं । संशोधित विधानको मस्यौदालाई अन्तिम रूप दिन बिहीबार बिहान कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । मंसिर ७ को बैठकमा विधान मस्यौदा समितिले पेस गरेको मस्यौदा विधान बैठकमा प्रस्तुत हुँदै छ ।
विधानको मस्यौदाबारे रणनीति बनाउन संस्थापन पक्षका नेताहरू बुधबार पहिलोपटक छलफलमा बसेका हुन् । पौडेल पक्षले गर्ने प्रहारको सामना गर्ने एजेन्डामा पाँच घन्टा छलफल गरेका उनीहरू सकेसम्म सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेर उठेका छन् ।
संस्थापन पक्षको बैठकले मस्यौदामा समावेश भएका केही विषय सच्याउन आवाज उठाउने निर्णयसमेत गरेको छ ।
null
मस्यौदामा पार्टीको केन्द्र र प्रदेश समितिबीच समन्वयनको दह्रो परिकल्पना नगरिएको निष्कर्ष पनि निकालेको छ । दुई समितिले एक–अर्काको क्षेत्राधिकार मिचेर समानान्तर काम नगरून् भन्न मस्यौदा समिति सदस्यको ध्यानाकर्षण गराउने भएको छ । त्यस्तै, अहिलेका लागि मात्रै जिल्ला सभापतिलाई पदेन जिल्ला अधिवेशन प्रतिनिधि बनाउने व्यवस्था विधानमा गर्न जोड दिनेछ ।
पौडेल पक्ष भने केन्द्रीय कार्यसमितिको आकार बढाउन सिफारिस भएकै सिद्धान्तअनुसार पदाधिकारी संख्या बढाउनुपर्ने अवाज उठाउने निष्कर्षमा पुगेको छ । मस्यौदामा फरक मत राखेका सदस्यलाई फरक मत राख्नुको कारणबारे बोल्न दिन आग्रह गर्ने र पदाधिकारी थप्नुपर्ने विषय सबैले जोडदार उठाउने निर्णय भएको केन्द्रीय सदस्यले बताए ।