किसान माइक्रोफाइनान्सकाे ११ सयकाे शेयर १ सयमा किन्न पार्इने, हकप्रद शेयर आवेदन खुल्ला

मंसिर २, काठमाडाैं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आज मंसिर २ गते आइतबारदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले २ः१ को अनुपातमा चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो । 

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २ लाख ४० हजार २५० कित्ता हकप्रद शेयर जारी गरेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले कात्तिक १३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेकोले १२ गतेसम्म कायम रहने माइक्रोफाइनान्सको शेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन् । हकप्रद निष्काशनको लागि सिभिल क्यापिटल मार्केट बिक्रि प्रबन्धक रहेको छ । 

सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय, मेरो शेयर तथा सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माईक्रोफाइनान्सको सम्पूर्ण शाखाहरु, तथा सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, विरगञ्ज, नारायणघाट र बुटवल शाखा मार्फत हकप्रद भर्न सकिने छ । हकप्रदमा पुस ८ गतेसम्म आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।  

null

हाल कम्पनीको चुक्ता पूँजी ४ करोड ८० लाख रहेको छ भने हकप्रदपछि कम्पनीको पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हकप्रद र बोनसपछि कम्पनीको चुक्ता पुंजी ८ करोड ६० लाख पुग्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *