राजधानीमा ८ वर्षीय बालकको अपहरणपछि हत्या, झोलामा भेटियो शव

 

मंसिर १३, काठमाडौँ । राजधानीमा ८ वर्षीय एक बालकको अपहरणपछि हत्या भएको छ । 

गोंगबुमा रहेको त्रिवेणी स्वस्तिक गेष्ट हाउस सञ्चालक प्रदिप कुँवरका ८ वर्षीय छोरा प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । 

null

काठमाडौँको मित्रनगरबाट ३ दिनदेखि हराइरहेका प्रयासको शव म्हैपीस्थित खोलाको पुलमुनि फेला परेको प्रहरीले जानकारी दिए । 

प्रयासको शव हत्या गरी जेब्रा झोलामा राखेको अवस्थामा फेला परेको थियो। 

 

घटनामा संलग्न रहेको आशंकामा मृतक कुँवरका बुबाको गाडी चलाउने चालक महेन्द्र सार्कीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *