लक्ष्मी लघुवित्तले वितरण गर्दैछ २६.३२ प्रतिशत नगद लाभांश

मंसिर ९, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आगामी मंसीर १९ गतेदेखि पुष १ गतेसम्मका लागि सेयरधनी दर्ता किताब बन्द रहने जानकारी दिएको छ । 

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सातौं वार्षिक साधारणसभा र सो बैठकले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २६.३२ प्रतिशत नगद लाभांश वितरण गर्न लागिएको हो ।यसै प्रयोजनार्थ मंसिर १९ गते देखि पुस १ गते सम्म बूक क्लोज हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *