धरानमा लागु औषधसहित दुई जना पक्राउ
कात्तिक, १७ सुनसरी । सुनसरीको धरान ८ स्थित तीनकुनेबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
अस्थाई प्रहरी चौकी तीनकुने बाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान ११ का २१ वर्षीय मनिष राई र धरान ६ बस्ने २३ वर्षीय दिपक राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । शुक्रबार ७ बजेको समयमा ईटहरीबाट धरानतर्फ आउदै गरेको बसमा सवार रहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध सहित राईहरूलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नाईट्रोसन ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिभन २० चक्की फेला परेको प्रहरीले जनाएको छ ।हरेक दिन बसमा जाने र भारतको जोगबनीमा आफुलाई पुग्दो प्रयोग गरि बेच्नका लागि लागु औषध लिएर आउने गरेको इप्रकाका डिएसपी समुनकुमार तिम्सिनाले जानकारी दिए । प्रहरीले तीनकुनेमा विराटनगरबाट आउने बसहरुमा चेकजाँच कडाई गर्दै आएको छ ।
null