निजामति अस्पतालको लापरबाही : बिरामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन
मकालु खबर
२०७५ मंसिर १३ गते
काठमाडौं– लडेर घाइते भएका बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मष्तिस्कघात भएको भन्दै बिरामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजामति अस्पताललाई निर्देशन दिएको छ ।
जिल्ला क्षतिपूर्ति समिति र उच्च अदालत पाटनको फैसलाअनुसार क्षतिपूर्ति दिन सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुधबार अस्पताललाई पत्राचार गरेका हुन् ।
गलत औषधि प्रयोगका कारण बिरामी उद्दवसिंह ऐरको मस्तिष्कघात भएको भन्दै उनकी श्रीमती दीपादेवीले जिल्ला क्षतिपूर्ति समितिमा निवेदन दिएकी थिइन् । नयाँ पत्रिका
null
मकालु खबर
२०७५ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित