कांग्रेस केन्द्रीय समिति बस्दैः नेविसंघको नाराबाजी आजपनि, सुल्झिएला विवाद?

मंसिर २, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज (आइतबार) २ बजे बस्दैछ । 

नेविसंघलाई कसरी निरन्तरता दिने भन्ने विषयमा नेताहरुबीच अनौपचारिक रुपमा पटक–पटक छलफल भएतापनि निश्कर्षमा पुग्न नसकेपछि आइतबार पनि बैठक डाकिएको हो । 

नेपाल विद्यार्थी संघको कार्यकाल सकिँदै गर्दा नयाँ महाविधेशन वा तदर्थ समिति भन्ने विवादका कारण शनिबार बसेको बैठक अनिर्णित भएको थियो। विवादका कारण आइतबार दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरिएको थियो । 

null

नेविसंघको विधानले तोकेको कार्यकाल आइतबारदेखि सकिँदैछ । आज बेलुकाबाट नेविसंघको वैधानिक हैसियत सकिने भएकाले त्यसबारे निर्णय लिनुपर्ने बाध्यता काँग्रेसलाई छ । कार्यसमितिको कार्यकाल सकिएपछि विधान संशोधन गरी वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने वा महाधिवेशनका लागि तदर्थ समिति बनाएर जाने विवाद छ। 

पार्टी सहमहामन्त्री प्रकाश शरण महतको नेतृत्वमा गठित समितिले विधानमा गर्नुपर्ने परिमार्जनलगायत अन्य विषयमा धारण राखेपछि कार्यसमितिबारे निर्णय हुनेछ। 

कांग्रेसमा सभापति शेरबहादुर देउवापक्ष वर्तमान कार्यसमितिकै म्याद लम्ब्याउने पक्षमा छ। यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष महाधिवेशनका लागि तदर्थ समिति बनाएर जानुपर्ने अडानमा छ। सिटौला समूहले तत्काल महाधिवेशनको माग गर्दै आएको छ। 

पार्टीका नेताहरुबीच विवाद भइरहँदा शनिबार विद्यार्थी नेताहरुले भने पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका थिए। काँग्रेसको संस्थापन पक्षले नेविसंघमा टिका लगाएर नयाँ नेतृत्व चयन गर्न सक्ने भन्दै केही असन्तुष्ट नेविसंघका नेता कार्यकर्ताले आज पनि काँग्रेस कार्यालयमा धर्ना र प्रदर्शन दिने तयारी गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *