अरूण तेस्रो आयोजनाको काम प्रभावकारी बनाउन सरोकारवालाहरु बिच छलफल

 

मंसिर १३, विराटनगर । नेपाल सरकारको सबैभन्दा ठुलो परियोजना अरुण–३ जल विद्युत आयोजनाको निमार्ण कार्यलाई थप प्रभावकारी बनाउन आयोजनाले बिहीबार प्रदेश न १ का उधोगी, व्यापारी, इन्जिनियर तथा परियोजनासँग सम्बिन्धित व्यक्तिहरुसँग छलफल गरेको छ । 

नेपाल सरकार लगानी बोर्डको कार्यालयले विराटनगरमा बिहीबार गरेको सहजीकरण कार्यक्रममा अरुण–३ मा कस्तो खालको निमार्ण समाग्री प्रयोग गर्ने र निमार्ण समाग्री कहाँबाट कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल भएको थियो । 

null

उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउतले आयोजनाले स्वदेशमै उत्पादित निमार्ण समाग्री प्रयोग गर्नुपर्ने बताए । उनले आयोजनालाई चाहिने सिमेन्ट, ढुंगा गिटि तथा डण्डि सबै प्रकारका निमार्ण समाग्री स्वदेशमै उत्तपादन हुने भएकाले सोही समाग्री प्रयोग गर्न आग्रह गरे । 

 

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष असोक मुरारकाले, आयोजनामा स्वदेशमै उत्पादित गुणस्तरयुक्त समाग्री प्रयोग हुनुपर्नेमा जोड दिए । उनले आयोजना निमार्णका लागी बाह्य मुलुकबाट निमार्ण समाग्री ल्याउने नभई स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्र्नुपर्ने बताए । 

अरुण–३ आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले आयोजना निमार्णमा पहिलो प्राथमिक्ता नेपालमा उत्पादित समाग्रीलाई दिइने भन्दै नेपालमा नपाइने सामाग्रीमात्र अन्य मुलुकबाट ल्याइने जानकारी दिए । निमार्णमा प्रयोग हुने कतिपय समाग्री नेपालमा उत्पादन नहुने गरेको उनको भनाइ थियो । 

 

उनले कोशी राजमार्ग ठाउँठाउँमा भत्केकाले समाग्री ढुवानीमा समस्या हुने गरेको बताए । शर्माले ६ महिनादेखी आयोजनाको काम शुुरु भएको र सो आयोजना तोकिएको समयमा सम्पन्न हुने समेत दावी गरे । 

कार्यक्रममा बोल्दै प्रदेश नं. १ प्रमुख सचिव केदार न्यौपानेले, अरुण–३ प्रदेशकै लागी गौरवको विषय भएको भन्दै परियोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले यो परियोजनाले प्रदेश नं. १ को विकासको ढोका खोल्ने भएकाले प्रदेशमा निर्वाध रुपले लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । 

आयोजना निमार्णका लागी २०७१ साल मंसिर ९ गते नेपाल सरकार र परियोजना विकासकर्ता एस.जे.भि एन अरुण–३ पावर डेभलपमेन्ट कम्पनिबीच सम्झैता भएको थियो । 

५ वर्षभित्र निर्माण सम्पन्न गरिने सो आयोजनाको निर्माण लागत १०४ अर्ब रुपैयाँ रहेको छ भने आयोजनाको विद्युत उत्पादन क्षमता ९ सय मेगावाट रहेको छ । 

परियोजना निर्माणका लागी १४ लाख ४२ हजार ७ सय २७ घनमिटर बालुवा, ४ लाख ५८ हजार ८ मेट्रिकटन सिमेन्ट तथा साढे ४८ हजार मेट्रिक टन स्टिल लाग्ने कार्यक्रममा बताइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *