यी हुन् बत्तीसपुतलीको होटल मिराजमा जुवा खेल्दा पक्राउ परेका १३ व्यापारी (नामसहित)

मंसिर २, काठमाडौँ । काठमाडौँ बत्तीसपुतलीस्थित भारतीय चेन होटल मिराज लर्डस इनमा छापा मार्ने क्रममा पक्राउ परेका १३ व्यापारीको नाम सार्वजनिक गरिएको छ । 

प्रहरीले महेश गोयल सञ्चालक रहेको होटलको पाँचौ तलाको कोठा नंम्बर ५०२ मा जुवा खेलिरहेका १३ जनाको नाम सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा मनोजकुमार चित्लाङे, विजय अग्रवाल, राजकुमार चौधरी, देवकुमार अग्रवाल, गौरबकुमार अग्रवाल, सुरेशकुमार कलान, राजकुमार अग्रवाल, दिनेशकुमार अग्रवाल, रवि नेमानी, जगदिश कुमार, मनिषकुमार नेमानी, विकासकुमार नेमानी र मनोजकुमार टिबडेवाल रहेका छन् । 

null

महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लको कमाण्डमा गएको टोलीले जुवा खेलिरहेको    अवस्थामा ती व्यापारीहरुलाई पक्राउ गरेको हो। ७ लाख ६० हजार रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको हो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *