तस्बिरमा छठ पर्वको रौनक
मकालु खबर
२०७५ कार्तिक २८ गते
बिराटनगर कात्तिक २८ । यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ । छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास रहि आएको छ ।
यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने प्रचलन छ । हेरौँ छठ पुजाको केहि झलकहरु ।
तस्बिर किशाेर विश्वकर्मा
null
मकालु खबर
२०७५ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित