सुखड बजारको मुख्य चौकको खानेपानी र शौचालयको समस्या अझै हटेन

सुखड, कर्तिक १६ । कैलालीको घोडाघोडी नगरपालिकाको मुख्य बजार सुखड चोकको खानेपनी र शौचालयको समस्या अझै हटन सकेको छैन । शौचालय नै नभएको भने होईन तर त्यो उपयुक्त ठाउँमा नभएको कतिपयको भनाई छ । 

यसले स्थानीय भन्दा पनी यात्रुलाई बढी सास्ती हुने गरेको पाईएको छ । यस बिषयमा यात्रुले आफुलाई गुनासो गर्ने गरेको बताउदै सुखड काउन्टरका प्रकाश भट्टराईले नगरपालिका, वडा कार्यालय, उद्योवाणिज्य संघ जस्ता सरोकारवाला निकाय हुँदा समेत यस बारेमा कसैले वास्ता नगरेको बताएका छन । 

सम्बन्धित निकायले वास्ता नगरे पनी ईलाका प्रहरी कार्यालय सुखडको मातहतको अलिकति जग्गा रहेकाले अनुमती पाएमा यात्रु तथा स्थानीयहरुको सहजताको लागी सुखड काउन्टरका कर्मचारीहरु मिलेर त्यसको व्यवस्थापनमा लाग्ने योजना रहेको उनले बताए । 

null

आफुहरुले सुखड चोकमा खानेपानी र शौचालयको समस्या सँगै फोहरको समस्या समेत झेलिरहेको चौकमै भेटिएका अटो रिक्सा चालक निर्प बहादुर शाहीले बताए । सरसफाईमा सरोकारवाला निकायले बिशेष ध्यान दिनु पर्ने उनको भनाई छ । 

उता वडाध्यक्ष मनराज शाहीले भने पहिले पनी चोकमा खानेपानीको धारा दिएको र त्यसको व्यापक दुरुपयोग गर्न थालेपछी त्यसको व्यवस्थापनबाट चुक्नु परेको बताएका छन । हाल खानेपानी तथा शौचालय निमार्ण गर्ने योजना आफनो हुँदा पनी जग्गा अभावमा काम अघि बढन नसकेको उनको भनाई छ । 

भएको अलिकति जग्गामा पनी नगरपालिकाको भवन निमार्णको लागी डि.पि.आर. गरेकाले समस्या भएको र यसलाई अहिले यसै भन्न नसकिने भएकाले सबै संगको छलफलबाट बिकल्प खोज्नु पर्ने जिकिर गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *