चेल्सी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा

एजेन्सी । इंग्लिश प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई ३ – २ ले हराएर चेल्सीले अन्तिम आठको यात्रा तय गरेको हो । 

चेल्सीको मैदानमा डर्बीका दुई खेलाडीले आत्मघाती गोल गरेपछि घरेलु टोलीले जित निकालेको थियो । खेलको पाँच गोलमध्ये ४ गोल डर्बीका खेलाडीले गरेका थिए भने एक गोल चेल्सीका खेलाडीले गरेका थिए । चेल्सीका सेस फ्याब्रिग्यासले गोल गरेका थिए । 

स्टामफोर्ड ब्रिजमा डर्बीका डिफेन्डर फिकायो टोमोरीको आत्मघाती गोलबाट चेल्सीले पाँचौ मिनेटमा सुरुवाती अग्रता लिएको थियो । तर, नवौं मिनेटमा डर्बीका जयक मार्रियोटले गोल गर्दै खेल बराबरीमा ल्याए । 

null

खेलको २१ औं मिनेटमा डर्बीका रिचार्डले आत्मघाती गोल गर्दा पुनः चेल्सीले २ – १ को अग्रता बनायो । २७ औं मिनेटमा डर्बीकै मार्टयन वागहोर्नले गोल गर्दै खेल २ – २ को स्थितिमा ल्याए । तर, खेलको ४१ औं मिनेटमा फ्याब्रिग्यासले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३ – २ को अग्रता दिलाए । 

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र चेल्सीका पुर्व स्टार फ्रान्क लाम्पार्टको टिम डर्बी ३ – २ ले पराजित भयो । 

अब चेल्सीले क्वाटरफाइनलमा बोर्नेमाउथसंग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *