छोटो समयमा छिटो विकास गरी देशलाई समृद्ध बनाउन चाहन्छौं: प्रधानमन्त्री

मंसिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन चाहेको बताएका छन् । 

सरकारले गठन गरेको मानव शंसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले योजनावद्ध रुपले विकास गरी देशलाई समृद्ध बनाउन चाहेको बताएका हुन् । 

‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुनेगरी देखाउँछौ ।’प्रधानमन्त्री ओलीले भने, ‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौं ।’ 

null

यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा बर्षौंसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्ने उनको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न समेत निर्देशन दिए । 

‘आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ’ उनले भने, ‘डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ ।’ 

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ भनेर तथ्यगत अध्ययन गर्न गत असोज २८ गते डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो । 

समितिका सदस्यहरुमा डा.माधव दाहाल, डा.इन्दिरा पराजुली, डा.विश्ववाला थापा, डा.विजय दत्त, डा. ध्रुव गौतम र डा.राजेश अहिराज छन् । 

कार्यदलको निर्देशक समितिमा शिक्षा मन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्याद चार महिना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *