चितुवाको आक्रमणबाट बालिकाको मृत्यु, ट्रयाक्टर दुर्घटनामा दुईको ज्यान गयो

कात्तिक ३०, दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

मृतक बालिकाको बुबा कृष्ण लम्साल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी आमा सरस्वती लम्साल र दुई दाजुको साथमा बस्दै आएकी थिइन् । 

null

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु 

दमक । दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्रयाक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

दुर्घटनामा परेर गम्भीर भएका दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । 

पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको अदुवा बोकेको मे१त ८०२५ नंको ट्रयाक्टर दुर्घटना भएको थियो । राति १२ बजेतिर भएको दुर्घटनाबाट मालवाहक ट्र्याक्टर सडकदेखि १५० फिट तल खसेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *