श्रीलंकामा राजनीतिक संकटः संसद बैठकमा सांसदहरुबीच कुटाकुट


कात्तिक २९, काठमाडौँ । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । प्रधानमन्त्री महिन्दा राजपक्षे र विक्रमसिंघेका समर्थकबीच भएको विवाद उग्र बन्दै गएपछि बिहीबारको संसद बैठकमा कुटाकुट भएको हो । झडपका क्रममा दिलुम अमुनुगाम्ना नाम गरेका सांसद घाइते भएका छन् ।
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए लगत्तै सांसदहरुबीच हात हालाहाल भएको हो ।
बुधबार मात्रै संसदले राजपक्ष सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गरेका थिए । राजपक्षलेले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको पनि आरोप लगाएका छन् । उनको अभिव्यक्तिपछि विपक्षी थप आक्रोशित बन्न पुगेको बताएको छ ।
null
संसदको बैठक बस्ने वित्तिकै सभामुख करु जयसूर्याले देशमा सरकार नभएको र राजपक्ष र राष्ट्रपतिले अपदस्थ गरेको रनिल विक्रमासिंघे दुवै प्रधानमन्त्री नभएको बताएका थिए।
संसदमा राजपक्षेले महत्वपूर्ण विषयमा ध्वनीमतका आधारमा फैसला गर्न नहुने भन्दै मतदान हुनुपर्ने माग गरेका थिए। उनले राष्ट्रपतिले नियुक्त गरेको प्रधानमन्त्री र मन्त्रिपरिषदलाई सभामुख जयसूर्यालाई हटाउने अधिकार नभएको दावीसमेत गरे।
राजपक्ष सांसदहरुले पुनः मतदान हुनुपर्ने माग गरेपछि झपड भएको थियो। राजपक्षका समर्थक सांसदहले पानीका बोतल, किताब र फोहोरको बट्टाले सभामुखमाथि प्रहार गरेका थिए।
