प्रहरीकै सेटिङ्गमा यसरी भित्र्याइन्छ विस्फोटक पदार्थ
कात्तिक १५, सुनसरी । सुनसरीको बोर्डर तथा सिमानाका क्षेत्रबाट प्रहरीको सेटिङमा विस्फोटक पदार्थ भित्र्याई मुल बजारबाट बरामद गरि डिस्पोज गरिने काम भइरहेका छन् ।
सुनसरीका सिमावर्ती क्षेत्रहरुबाट सोही क्षेत्रमा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सिमा क्षेत्रबाट जरिवाना असुल गरी तस्करहरुलाई सर–सामान नेपाल भित्र्याउन सहज वातावरण बनाइदिने गरेको जनगुनासो बढ्न थालेको छ ।
सुनसरीका दक्षिणवर्ती क्षेत्र कप्तागञ्ज, सहावगञ्ज, कोउवाखोईन, सिसुवा, वसन्तपुर, घुस्की, नरसिंह, श्रिपुर, लौकही लगायतका क्षेत्र प्रयोग गरी तस्करहरु अवैध मालसमान नेपाल भित्र्याउने गर्छन् ।
null
सो क्षेत्रमा रहेका नेपाल प्रहरीहरुले आर्थिक लोभमा परेर देशको राजश्वमाथि झड्का लगाई आफ्नो स्वार्थमा निरिह भएका छन् ।
नाम नखुलाउने सर्तमा एक व्यापारीले भने– ‘नेपाल प्रहरी तथा सशस्त्र प्रहरी नै तस्करीको मुख्य नाइके हुन्छ । उनीहरुले हामीलाई ज्यालादारीमा काम लगाउने गरेका छन् ।’
यता शहर बजारसम्म आउने अवैध सरसामान धमाधम बरामद गरी नष्ट गर्ने तथा डिस्पोज गर्ने प्रक्रिया दिनहुँ हुने गरेको पाइन्छ । तर बोर्डर क्षेत्रमा अवैध सरसामान पक्राउ पर्न सकेका छैनन् ।
यता एक महिनाभित्र सुनसरी प्रहरी तथा सशस्त्रले इनरुवाको बजार मुख्य पोइन्टबाट सामान बरामद गर्यो । सो क्षेत्रको बाबियाबाट समेत १ लाख ७५ हजार बराबरको सामान बरामद गरी नष्ट गरियो । त्यस्तै त्यस्तै धरान उपमहानगरपालिकाबाट प्रहरीले पटका र विस्फोटक पदार्थ बरामद गर्यो । बरामद गरिएको पटका र विस्फोटक पदार्थ पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
सुनसरी प्रहरीले २१ बोरा पटकासहित तीन भारतीय नागरिकलाई समेत पक्राउ गरेको जनाएको छ ।
बिहीबार इलाका प्रहरी कार्यालय धरानले सुराकीका आधारमा छापा मार्दा तिहारका लागि बेच्न ल्याइएको करिब १० लाख रुपियाँ बराबरको विभिन्न प्रकारका २१ बोरा पटाका पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार धरान–१० मा भाडाको कोठामा लुकाएको पटकासहित भारतको पूर्णियाका पाण्डव भन्ने राजकुमार दास, अररियाका अरबिन्द देव र मध्यपुराका दिलिप देवलाई पक्राउ गरिएको हो ।
भारतबाट केरा बोकेको मालबाहक ट्रकभित्र पटका लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिताको विस्फोटक पदार्थ कसुर अन्तर्गत सामान्य विस्फोटक पदार्थ बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा सुनसरीमा नागरिकहरुको गोप्य सूचनाका आधारमा तिहार र छठलाई लक्षित गरी बिक्री वितरण गर्न भण्डारण गरिएको १३ लाख मुल्य बराबरको विस्फोटक पदार्थ पटकाहरु बरामद गरिएको जनाएको छ ।