पप्पु कन्स्ट्रक्सनलाई खरिद कार्यमा सहभागी हुन रोक

मंसिर ४, काठमाडौँ । सरकारले पप्पु कन्स्ट्रक्सनलाई टेण्डर प्रक्रियामा सहभागी हुन रोक लगाएको छ । 

ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको र काममा लापरबाही गरेका कारण सरकारले टेण्डर प्रक्रियामा सहभागी हुन रोक लगाएको हो । 

सुस्त गतिमा काम गरिरहेको पप्पुले सम्झौता अनुसार काम गर्न सकेको थिएन । समयमै काम नसकेपछि सिक्टा सिँचाइ आयोजनाले पप्पुसँग कात्तिक २१ गते सम्झैता तोडेलगत्तै पप्पुलाई कालो सूचिमा राख्ने निर्णय गरेको थियो । 

null

सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो । 

मंगलबार कार्यालयले जारी गरेको सूचना जारी गर्दै कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ । 

सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *