हिटलर बन्न खोज्दैछन् प्रधानमन्त्री: काँग्रेस नेता केसी

कात्तिक ३०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाएका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता केसीले वर्तमान प्रधानमन्त्री ओली हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका हुन् । 

‘प्रधानमन्त्रीले काम भन्दा बढि कुरा गर्नुभयो । उहाँमा सत्ता र शक्तिको उन्माद देखियो । प्रधानमन्त्रीमा समग्र रुपमा जंगबहादुर, स्टालित र हिटलर बन्ने आकांक्षा तिव्र रुपमा विकसित भएको छ’, उनले भने । 

null

साक्षात्कारमा उनले प्रधानमन्त्रीको गतिविधिलाई मात्र आलोचना गरेनन् कि उनले सरकारको पनि कडा आलोचना गरे । 

केसीले वर्तमान सरकारको ८ महिने कार्यकाल नियाल्दै भने, ‘९ महिना पुग्न अब चार दिन मात्रै बाँकी छ । समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ, जुनतारा झार्ने कुरा गर्छ सरकार तर, काम भने शुन्य छ ।’ 

उनले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहातमा केन्द्रित गरेकोमा पनि आपत्ति जनाए । वृद्धभत्ताका कुरा उठाउँदा उठाउँदै आफू थाकेको उनले बताए । 

साँढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो ? जरैकिला उखेल्नेगरि काम गर्न के ले रोक्यो ? भन्दै केसीले सरकारलाई प्रश्न गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *