अपर तामाकोशी हाइड्रो पावरको आईपीओ बाँडफाँड मंसिर पहिलो साता

कात्तिक २९, काठमाडौँ । अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको आईपीओ बाँडफाँड समय कात्तिक भित्रै नहुने लगभग निश्चित भएको सहनिष्कासन कम्पनी नागरिक लगानी कोषले जनाएको छ । 

सर्वसाधारण समूहका लागि खुल्ला गरिएको राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको आइपीओ बाँडफाँड आगामी मंसिर पहिलो साता हुने भएको छ । 

नागरिक लगानी कोषका शेयर शाखा प्रमुख रोशन जंग बस्नेतका अनुसार यसअघि स्थानीयबासी र सञ्चयकर्ता लगायतका लगानीकर्ताले पनि दोहोरो आवेदन दिएका कारण धमाधम सर्टिङ्ग भइरहेको छ । 

null

तीनपुस्ते विवरण रुजू गर्दा समय लागेकाले सकभर मंसिर १ गते नभए मंसिर पहिलो हप्तामा कोशीको प्राथमिक सेयर बाँडफाँड भइसक्ने बस्नेतको दाबी छ । 

धितोपत्र निष्कासन कम्पनीका रुपमा सनराइन क्यापिटल र नागरिक लगानीकोष रहेका छन् । 

कम्पनीले कूलपूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो ।१ करोड ५८ लाख ८५ हजार कित्तामा सर्वसाधारणका लागि प्रतिकित्ता रु १ सयका दरले गत कात्तिक १५ गतेदेखि कात्तिक १९ सम्म आवेदन गराइ संकलन गरिएको थियो । 

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आइपीओ) मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार केही आवेदन भने रद्द हुने देखिएको छ । नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका केही शेयर आवेदन रद्द हुने भएको हो । 

शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ । 

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्ता सम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । बढी कित्ता आवेदन गर्नेले न्यूनतम ४५ कित्तासम्म शेयर पाउन सक्ने देखिन्छ । 

कम्पनीले दोलखाको लामा बगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *