एक महिनामा चीनमा सङ्क्रामक रोगबाट दुईहजार भन्दा बढीको मृत्यु

२०७५ मंसिर ९ गते

मंसिर ९, बेइजिङ, । चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ । हालै सालै सार्वजनिक भएको एक तथ्याङ्कअनुसार गत अक्टोबर महिनामा मात्रै सङ्क्रामक रोगका कारण दुई हजार १३८ जनाको मृत्यु भएको थियो ।
राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै हेल्थ न्युजले लेखेको समाचारमा अक्टोबरमा छ लाख चार हजार २८२ जनामा सङ्क्रमण देखिएको मृत्यु भएकामध्ये ९३ प्रतिशतको ख वर्गका सङ्क्रामक रोगहरु हेपाटाइटिस, क्षयरोग, सिफिलिस, गोनोरियाका कारण भएको आयोगको भनाइ थियो ।
नोभेम्बर महिनामा हैजाका बिरामी एकजना मात्रै भेटिएका थिए । चीनमा हैजा र प्लेगलाई मुख्य सङ्क्रामक रोगको सूचीमा राखिएको छ । चीनमा क वर्गको सूचीमा सङ्क्रामक रोगमा हैजा र प्लेग परेको छ ।
null

२०७५ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित