रोजगारदाता र श्रमिकको सुरक्षित यात्रा सुरुः मन्त्री विष्ट


मंसिर ११, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाता दुवैको सुरक्षित यात्रा सुरु भएको बताएका छन् ।
मंगलबार प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा बोल्दै मन्त्री विष्टले यस्तो बताएका हुन् ।
रोजगारदाता र श्रमिकले निश्चिन्त भइ लगानी र श्रम गर्न पाउने वातावरण बनेको भन्दै सरकारले हरेक वर्ष मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने बताए ।
null
‘रोजगारदाताले पनि ढुक्कसँग लगानी गर्ने वातावरण बनेको छ’, उनले भने, ‘यसले सुखद परिवर्तन ल्याउनेछ ।’
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिक र प्रतिष्ठान दुवैको योगदान बढ्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
स्वरोजगारमा रहेका व्यक्ति, अनौपचारिक क्षेत्रमा शारीरिक र बौद्धिक श्रम गर्ने श्रमिकलाई पनि यो योजनाको दायराभित्र समेट्नेले उनले बताए ।
