काभ्रेमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

कात्तिक २६, काठमाडौँ । काभ्रेमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । 

प्रधानमन्त्रीको तस्विर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ इकाई सभापति कृष्ण ढकालको रिहाइको माग गर्दै नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएको हो । 

सरकारले निर्दोष विद्यार्थीमाथि अनावश्यक अभियोग लगाएर लोकतन्त्र तथा स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै नेविसंघले यसको विरोध जनाएको हो । 

null

यस्तै नेविसंघ काभ्रेले आब्हान गरेको हड्तालका कारण दोस्रो दिन पनि काभ्रेका शैक्षिक संस्था बन्द भएका छन् । सोमबार ७७ वटै जिल्लामा नेविसंघले दुई घण्टा चक्का जाम गरेको छ । 

नेपाल विद्यार्थी संघ काभ्रेले विद्यार्थी नेताको रिहाईको माग गर्दै हिजो र आज जिल्लाका सबै विद्यालय बन्दको घोषणा गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *