सेयर कारोबार आजदेखि पूर्ण अनलाइन

कात्तिक २०, काठमाडौँ । आजबाट सेयर कारोबार अनलाइन प्रणालीबाट हुने भएको छ ।  

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको हो । योसँगै अब शेयर लगानीकर्ताहरूले कारोबारका लागि ब्रोकर कार्यालय धाइरहनु नपर्ने भएको छ । 

काठमाडौंस्थित होटल याक एन्ड यतिमा बिहान आयोजित विशेष समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उद्घाटन गरेका हुन्। 

null

आजदेखि आम लगानीकर्ताले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्ने नेप्सेले जनाएको छ। 

अनलाइन कारोबार सुरु भएसँगै सेयर बजार सकारात्मक दिशामा अघि बढ्ने लगानीकर्ताहरूले बताएका छन्। 

सेयर कारोबारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको नेप्सेले जनाएको छ । 

सेयर कारोबार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोबार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोबार गर्न सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *