नेता गोपालमान श्रेष्ठले भने– गुट उपगुटमा विभाजित बन्दा काँग्रेस कमजोर भयो

मंसिर २, पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले गुट उपगुटमा विभाजित बन्दा पार्टी कमजोर भएको बताएका छन् । 

नेपाली काङ्ग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली काङ्ग्रेस कास्कीको व्यवस्थापनमा आज आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

पार्टीको आन्तरिक सङ्गठन मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘नेपाली जनताले एकताबद्ध सङ्गठित काङ्ग्रेसको अपेक्षा गरेका छन् ।’ 

null

वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको बताउँदै उनले जथाभावी कर वृद्धि र महङ्गीको मारमा जनता पिल्सिएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *