बिभेद अन्त्यका लागी छोरीको न्वारनमा भोज

बैतडी, कात्तिक ३० । बैतडीमा एक जोडीले पहिलो सन्तानको रुपमा छोरीको न्वारनको दिन (हिजो बिहीबार) भव्य रुपमा भोज खुवाएका छन । 

पाटन नगरपालिका वडा नम्बर ८ स्थित खोला भन्ने गाउँका मदन भाट र हेमन्ती भाटले आफुले पहिलो सन्तानका रुपमा छोरी पाएको अवसर पारेर स्थानियहरु लाई भोज खुवाएका हुन । 

दम्पतीले भने हाम्रो गाउँ समाजमा छोरा जन्मिदा मात्र खसी काट्ने र छोरी जन्मिदा हेपाहा प्रवृती गरी कुनै पनी भोज भतेर नगर्ने परम्परा रहँदै आएको छ । आफुले सो परम्पराको अन्त्य गर्न छोरीको न्वारनको दिन खसी काटेर भोज आयोजना गरेको भाट दम्पतीले बताए । उनले थपे समाजमा महिला र पुरुष बराबर हुन र छोरा छोरीलाई समान व्यवहार गर्नुपर्छ , शिक्षा दिक्षा छोराकै समान छोरी लाई पनि दिनु पर्छ भन्ने मान्यताका आधारमा नातिनीको न्वारनका दिन भव्यताकासाथ भोज भतेरको आयोजना गरेको बिर बहादुर भाटले जानकारी दिए । हाम्रो समाजमा छोरा जन्मे पछि खुसी हुने र छोरी जन्मेपछि दुःख व्यक्त गर्दै (परघरी) जन्मियो भन्ने शब्दलाई समाजबाट हटाउनु आवश्यक रहेको छ । भाट दम्पती २०७४ अषाढमा बैवाहिक बन्धनमा बाँधिएका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *