कतारको तीनदिने भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी कतारको तीनदिने औपचारिक भ्रमण गरी बिहीबार स्वदेश फर्कनुभएको छ । 

कात्तिक १२ गते सोमबारदेखि कार्तिक १५ गतेसम्म मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा  गर्नु भई राष्ट्रपति भण्डारी बिहीबार स्वदेश फर्कनु भएको हो  । 

मित्रराष्ट्र कतारका अमिर शेख हमाद बिन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा जानुभएको थियो । 

null

कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिरलगायत यहाँका सरकारी उच्च अधिकारीको भेटवार्ता भएको थियो ।  

उहाँले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमणसमेत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीका साथ उहाँसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि बिहीबार नै स्वदेश फर्किएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *