साहनका साथ बार्सिलोना अन्तिम १६ मा, टोटनह्याम र इन्टरमिलानको अंक बराबरी

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना एक खेल बाँकि हुँदै समूूह बिजेताबन्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । डच क्लब पीएसभीलाई  २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले समुह विजेताको रुपमा स्थान बनाएको हो ।  

 

बुधबार राति भएको खेलमा बार्सिलोनाले लियोनल मेस्सी र जेरार्ड पिकेले गोलमा डच क्लबलाई २–१ अन्तरले पराजित गर्यो ।  

null

खेलको ६१ औ मिनेटमा बार्सिलोनाले मेस्सीको गोलबाट अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि जेरार्डले बार्साको अग्रतालाई दोब्बर पारे । खेल सकिन ८ मिनेट बाँकी छदाँ जोङले घरेलु टोलीका लागि एक गोल फर्काए । 

 

समुह बीमा शीर्ष स्थानको बार्सिलोनाले ५ खेलबाट १३ अंक जोड्यो । पीएसभी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । 

सोही समुहको अर्को खेलमा प्रिमियर लिग क्लब टोटनह्यामले ईटालियन क्लब ईन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गर्यो । क्रिस्टियन ईरिक्सनले ८० औ मिनेटमा गोल गर्दै टोटनह्यामको अघिल्लो चरण प्रवेशको सम्भावना जिवित राखे । 

 

दुुबै टोलिको समान ७ अंक भएको छ । समूूहचरणको अन्तिम खेलमा टोटनह्यामले बार्सिलोनाको सामना गर्दा इन्टरमिलानले पिएसभीसँग खेल्नेछ ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *