यो दिन ‘फेरी’ हुनेछ प्रियंका चोपडाको विवाह !

मंसिर ९, काठमाडौँ । प्रियंका चोपडा र निक जाेनासको विवाहको दिन नजिकिँदै छ भने मानिसहरु पनि उनीहरूको विवाहलाई लिएर निकै उत्सुक देखिन्छन् । 

सबै यो जान्न चाहन्छन् कि विवाहमा के के हुँदैछ ? विवाहको तयारीको ताजा परिणाम अनुसार प्रियंका चोपडाले दुई पटक विवाह गर्ने भएकी छिन् । मात्र निक जोनाससँग । 

उनको विवाह डिसेम्बर २ मा हुँदैछ । यो विवाह पञ्जाबी र हिन्दू रितिरिवाजमा हुनेछ । त्यसको ठिक अर्को दिन यानिकी डिसेम्बर ३ मा प्रियंका र निक क्रिश्चियन वेडिङ्गको हिस्सा बन्नेछन् । र इसाई विधि विधानबाट विवाह गर्नेछन् । 

null

प्रियंका र निकको विवाह जोधपुरको उदय (उम्मेद) भवनमा हुनेछ । विवाहको रितिरिवाज पञ्जाबी परम्परा अनुसार हुनेछ । संगीत, मेहेन्दी र जन्ती समारोहमा पनि पञ्जाबियनको रंग चढ्नेछ । 

 

संगीतमा प्रियंका र निक इन्टरनेश्नल र इण्डियन गीतमा ठुम्का लगाउनेछन् । प्रियंका हाल दील्लीमा छिन्, जहाँ उनी आफ्नो अर्को चलचित्र ‘द स्काई इज पिंक’ को शुटिङ्ग गर्दैछिन् । यस चलचित्रको निर्देशन सोनाली बोसले गरिरहेका छन् । 

प्रियंका र निकको विवाहको लाइसेन्स पनि मिलिसकेको छ । अमेरिकी कानुन अनुसार दुई देशबीचकाे मानिसहरुको विवाहका लागि लाइसेन्स आवश्यक छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *