अचानक यात्रुले गरेको मागबाट हैरान भएकी एयरहोस्टेसले यसरी पुरा गरिन् यात्रुको माग
जापानमा एक यात्रुको विचित्र मागलाई एयरहोस्टेसले निकै सिर्जनात्मक तरिकाले पूरा गरिदिएकी छिन् । उनको यो तरिका देखेर विमानका अन्य यात्रु पनि चकित परेका थिए । अर्का एक यात्रुले यो घटनाको फोटो खिचेर सामाजिक संजालमा शेयर गरेका छन् ।
जापानको एक फ्लाइटमा यात्रुले झ्यालको सिट बुक गरेका थिए तर, जुन सिटमा उनले यात्रा गरिरहेका थिए त्यहाँ केबिन मात्र थियो । ती यात्रुले बारम्बार सिट बदल्न माग गरिरहेका थिए तर सबै सिट भरिएको हुँदा एयरहोस्टेसले सिट बदल्न असमर्थ भएको जनाइन्
ति यात्रुले भने झ्यालको सिट नभएका कारण आफूले फ्लाइटको पूरा आनन्द लिन नपाएको र झ्यालको सिट नपाएका कारण बादल, समुद्र आदि दृश्यको आनद लिन नपाएको गुनासो गरिरहेका थिए । यात्रुले एयरहोस्टेससँग सिट फेर्न बारम्बार माग गरिरहेका थिए ती यात्रुको लगातारको मागबाट हैरान भएकी एयरहोस्टेसले समस्या समाधानको लागि निकै स्मार्ट आइडिया निकालिन् ।
null
उनले एउटा कागजमा कलमले बादल, समुद्रको दृश्यको चित्र बनाइदिइन् र ती यात्रुको सिटको अगाडिपट्टि टाँसिदिइन् । अर्का यात्रुले टाँसिएको चित्रको फोटो खिचेर सामाजिक संजालमा शेयर गरिदिएका छन् । एजेन्सी