आजबाट पूर्वी क्षेत्र महोत्सव सुरु

चितवन, कात्तिक ३० । आजबाट रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव सुरु भएको छ । एनएस क्रियसन एण्ड इभेन्ट्स प्रा.लि र लायन्स क्लव अफ चितवन राइने सिटीको संयुक्त आयोजनामा रत्ननगर ४ शान्तिचोक स्थित खुला चौरमा पूर्वी क्षेत्र महोत्सव आयोजना गरिएको हो । 

महोत्सवको चितवन क्षेत्र नं १ का सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राप्ती नगरपालिका प्रमुख प्रभा बरालले उद्घाटन गरेका थिए । महोत्सव उद्घाटन अघि रत्ननगर बजारमा शोभायात्रा निकालिएको थियो । व्यावसायिक प्रवद्र्धनका अतिरिक्त शव वाहन सञ्चालन, पत्रकार संरक्षण कोष, लायन्स असहाय बालकोष स्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मूल समारोह समितिका संयोजक निरज श्रेष्ठले जानकारी दिए । 

संयोजक श्रेष्ठका अनुसार महोत्सवले स्थानिय व्यापार, उद्योग, कृषि, पर्यटन, धार्मिक क्षेत्रको प्रवद्र्धन गर्नेछ । महोत्सवमा रहेका ३०० वटा स्टल छन् । पूर्वी क्षेत्र महोत्सवमा हरेक दिनजस्तो सांस्कृतिक कार्यक्रमहरु आयोजना हुनेछ । स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको उपस्थित हुने महोत्सव मूल आयोजक समितिले जनाएको छ । 

null

दैनिकजसो कुनै न कुनै राष्ट्रिय कलाकारहरु महोत्सवको सांस्कृतिक कार्यक्रममा सहभागि हुनेछन् । राष्ट्रियस्तरका गायक तथा गायिकाहरु महोत्सवमा सहभागी भएर दर्शकलाई मनोरञ्जन दिनेछन् । महोत्सव स्थलबाहिर शान्तिचोकमा फुड फेस्टिबल छ । 

महोत्सव अवधिभर फुड फेस्टिबल हुने आयोजकको भनाइ छ । यसबाहेक महोत्सवमा आउने अवलोकनकर्ताहरुलाई धर्मधाम जिरौनाको मन्दिर घुम्ने व्यवस्था मिलाइएको छ । 

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, राप्ती नगरपालिका मेयर प्रभा बराल, रत्ननगर नगरपालिकाका कार्यवहाक मेयर विमलादेवी दुवाडी, नेपाली काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे, लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक सेकेन्ड भाईस गर्भनर शम्भु नकर्मीलगायतले मेलाको उपयोगिताबारे मन्तव्य दिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *