युभेन्ट्स र युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

एजेन्सी । इटालियन क्लब युभेन्ट्स युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब भ्यालेन्सियालाई १ – ० ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ को यात्रा तय गरेको हो । 

 

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मारियो मान्डजुकिकले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा मान्डजुकिकले गोल गर्दै युभेन्ट्सलाई १ – ० को जित दिलाए । मान्डजुकिकले क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाएका हुन् । 

null

 

यो जीतसंगै समूह ‘एच’ को युभेन्ट्सले ५ खेलबाट १२ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । पराजित भ्यालेन्सिया भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । भ्यालेन्सियाको ५ खेलबाट ५ अंक छ । 

यस समूहबाट १० अंक जोडेको इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड पनि अन्तिम १६ मा प्रवेश गरेको छ । 

मंगलबार राति भएको खेलमा योङ ब्वाइजलाई १ – ० ले पराजित गर्दै युनाइटेड नकआउट चरणमा पुगेको हो । 

 

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मारोउने फेलानीले निर्णायक गोल गरे । खेलको इन्जुरी समयमा फेलानीले गोल गर्दै युनाइटेडलाई अन्तिम १६ को यात्रा तय गराए । उनले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए । १ अंक जोडेर समूहको पुछारमा रहेको योङ ब्वाइज भने बाहिरिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *