रियल मड्रिडले रोमालाई हरायो, दुुबै टोलि नकआउट चरणमा

एजेन्सी । साबिकको विजेता रियल मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।  

मंगलबार राति भएको खेलमा इटालियन क्लब रोमालाई २ – ० गोल अन्तरले पराजित गर्दै रियलले नकआउट चरणको यात्रा तय गरेको हो ।  

 

null

रोमाको मैदानमा भएको खेलमा रियलको लागि ग्यारेथ बेल र लुकास भास्क्वेजले एक एक गोल गरे । घरेलु टोलीविरुद्ध पहिलो हाफमा गोल गर्न नसकेको रियलले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो ।  

४७ औं मिनेटमा बेलले र ५९ औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई २ – ० को जित दिलाए । 

 

जितसंगै समूह ‘जी’ को रियलले ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रहदै नकआउट चरणको यात्रा तय गर्न सफल भयो । रियलले पछिल्लो १५ सिजनको हरेक सिजन नकआउट चरणमा स्थान बनाउदै आएको छ। 

पराजित रोमा पनि नकआउट चरणमा स्थान बनाउन सफल भयो । 

यसै समूहको अर्को खेलमा भिक्टोरिया प्लेजेनले सीएसकेए मस्कोलाई २ – १ ले पराजित गरेपछि रोमा दोस्रो स्थानमा रहदै अन्तिम १६ मा पुगेको हो । रोमाको ९ अंक छ ।समान ४/४ अंक जोडेको मस्को र प्लेजेन भने बाहिरिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *