काभ्रेमा अर्धनग्न अवस्थामा झुण्डिएकी युवतीको शव फेला

मंसिर ४, काठमाडौँ । काभ्रेको पनौतिमा एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छिन् । 

पनौती–५ की अन्दाजी २०–२२ वर्षकी सुधा केसी रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् । 

काभ्रे कलेजमा स्नातक दोस्रो वर्ष की छात्रा सुधा कलेज जान भनि घरबाट ५ बजेतिर निस्किएकी थिइन् । घरबाट निस्किएको दुई घण्टापछि (७ बजे) घर नजिकैको आइटी पार्क पछाडि सो अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

null

भित्री वस्त्र मात्र लगाएको अवस्थामा उनको शव भेटिएको हो । उनको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *