मंसिर ७ गते नेपथ्यले धरान प्रस्तुती दिने 

धरान, सुनसरी मंसिर २ । साँगितिक क्षेत्रको उर्वरभूमि मानिने पूर्वको सन्दर नगरी धरानमा डेढ दशकपछि नेपथ्य ब्याण्डले धरानमा लाईभ कन्सर्ट मार्फत आफनो प्रस्तुति पस्कने भएको छ । 

धरान–१८ बुद्धचोक स्थित एम सि क्याफे र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित रहेको परिक्रम लाईबलेरीको संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रममा आफना प्रस्तुती दिन नेपथ्य ब्याण्ड धरान आउन लागेको हो । 

शान्ति संगित यात्रा गदै देशव्यपी कार्यक्रम गदै सुन्दर शान्त नेपाल यात्रा लगायतका कार्यक्रमबाट देशव्यापी प्रभाव बनाउदै आएको नेपथ्यले साँस्कृतिक क्षेत्रमा छुट्टै पहिचान बनाएएर च्यारिटी मार्फत सामाजिक कार्यमा सहयोग पुरर्याउँदैआएको छ । 

null

आउँदो मंसिर ७ गते धरान–१६ स्थित क्षेत्रीय रंगशालामा आयोजना गरिने सो कन्सर्टमा ३ हजार टिकट अग्रिम बिक्रि भईसेको आयोजक तथा एस सी क्याफेका सञ्चालक पुर्ण राईले जानकारी दिए । 

कार्यक्रममा ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने कार्यक्रममा ९० प्रतिशत तयारी पुरा भईसकेको छ । कार्यक्रममा यहि मंसिरमा पूर्वी नेपालको टुरमा निस्केका नेपत्थ्यका गायक अमृत गुरुङ्ग सहितको ६५ जनाको टिमले धरानका संगित पाराखीहरुलाई मनोरञ्ज दिने आयोजकले जनाएको छ । 

नेपथ्यको मंसिर ४ गते बिर्तामोड, ७ गते धरान, १० गते बुटवल र १३ गते धनगढीमा साँगितीक कार्यक्रम हुनेछ । 

नेपथ्य ब्याण्डका चर्चित मानीएका गायक अमृत गुरुङको खाम की क्या हो लाम पाते सुरती ‘। सुर्ती मिचेझै हात मिच्दै मिच्दै,उडायो रेलैले‘ हुस्सु र कुहिरोले, जोमसोमे बजार, घर त हाम्रो पश्चिम पोखरा‘, जोगले हुन्छ भेट, मायाको हुन्छ संसार‘ भेडाको उन जस्तो‘ लगायतका गीतहरु चर्चित रहेका छन । नेपथ्य ब्याण्डले धरानमा १५ बर्ष अघि आई कार्यक्रम गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *