कोरम नपुगेपछि विकास समितिको बैठक स्थगित
मंसिर ४, काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ ।
मंगगलबार बिहान सिंहदरबारमा ११ बजेका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित गरिएको हो ।
आवश्यक संख्यामा समितिका सदस्यहरु उपस्थित नभएपछि स्थगित गरिएको समितीकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
null
आजको बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कामको प्रगति विवरणबारे छलफल गर्ने कार्यसूचि तय गरिएको थियाे तर सदस्यहरुको आवश्यक संख्या नपुगेपछि समितिको बैठक स्थगित गरिएको हो ।
५१ प्रतिशत सदस्य उपस्थिति नभए समितिको बैठक बस्न नसक्ने समितिको कार्यविधिमा उल्लेख गरिएको छ।
सभापति खड्काले सांसदहरु निर्वाचन क्षेत्रको बजेट विनियोजन गर्न जिल्लामा जानु परेको र भर्खरै दशैं, तिहार जस्ता चाडपर्व पनि सकिएकाले सांसदहरुको उपस्थितिमा कमी हुन आएको पनि स्पष्ट पारिन्।
समितिको अर्को बैठक सूचना जारी गरेर बोलाइने जानकारी दिइएको छ ।