भाजपाका राज्य सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या

२०७५ कार्तिक १६ गते

कात्तिक १६, काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का राज्य सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या भएको छ ।
भाजपाका जम्मु काश्मिर राज्यका सचिव परिहारसँगै उनको भाइको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
काश्मिरको किश्तवाडस्थित घरतर्फ जाँदै गर्दा हत्या भएको भारतीय प्रहरीले जनाएको छ । गोली हान्ने समूह र कारण पत्ता लागेको छैन।
null
जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गरेका छन्। बीजेपीका होनहार नेताको हत्या भएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।

२०७५ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित