ओपो एथ्रीएसकाे मुल्य घट्याे

मंसिर ५, काठमाडौं । ओपोले स्मार्टफोन एथ्रीएस (थ्रीजीबी) को मूल्य घटाएकाे छ । अाेपाेले उक्त फाेनकाे मुल्यमा रु. १ हजार ९ सयको कटौती गरेको हाे । 

यसै बर्षको मध्य सेप्टेम्बरमा रु २६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्त फोन अब बजारमा रु. २४ हजार ५ सय ९० मा उपलब्ध हुनेछ । सुपर फुलस्क्रिन सहित सार्वजनिक गरिएको एथ्रीएस,ए सिरिज अन्तर्गतकै पहिलो उपकरण हो । कम्पनीले १६ नोवेम्बरदेखि नै एथ्रीएसका लागि नयाँ मूल्य लागू गरिसकेको छ । 

  

null

 

फोनमा समाहित विशेषताका कुरा गर्दा एथ्रीएस दक्षिण एसियामै १३+२ एमपी डुअल रियर क्यामेरा सहित सार्वजनिक ओपोको पहिलो उपकरण हो । फोनको १३ एमपी क्यामेरामा एफ २.२ एपर्चर तथा २ एमपी क्यामेरामा एफ २.४ एपर्चर (सेन्सर एलईडी फ्ल्याश सहित) र सेल्फी तथा भिडियो च्याटका लागि एआई ब्यूटी प्रविधि तथा एफ २.२ एपर्चर सहितको ८ एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ । ३ जीबी र्याम र ३२ जीबी सञ्चय क्षमता, क्वाल कम स्न्याप ड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नव प्रबर्तनात्मक फिचर्स सुसज्जित एथ्रीएसको मुल्य अब रु. २४ हजार ५ सय ९० निर्धारण गरिएको छ । 

 

४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडित एथ्रीएसमा कलर ओएस ५.१ मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली छ । फोनको सेन्सर अनबोर्डमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, जी सेन्सर र एक्सेलेरोमिटर लगायत सुविधा जडित छन् । 

ओपोले एथ्रीएस मार्फत बिल्कुलै नयाँ फञ्सनका रुपमा म्यूजिक पार्टी पनि उपलब्ध गराएको छ । यस फञ्सनको माध्यमबाट हटस्पट मार्फत आ–आफ्नै स्मार्टफोनमा एउटै ट्रयाकको मज्जालिन सकिन्छ । स्पिकरको प्रयोग गर्न नसकिने स्थानमा म्यूजिक पार्टी, संगीतको मज्जा लिन एउटा सटिक माध्यमका रुपमा स्थापित हुन सक्छ । तर, यसको प्रयोगका लागि कलर ओएस ५.१ वा माथिल्ला ओएस भर्जन हुनु आवश्यक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *