मिस वर्ल्डको सेमिफाइनलमा शृंखला

चीनको सान्या सहरमा चलिरहेको मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा मिस नेपाल–२०१८ शृंखला खतिवडा सेमिफाइनलमा प्रवेश गरेकी छिन् । उत्कृष्ट ३० मा छनोट भएकी उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले आफ्नो फेसबुक पेजमार्फत आफू सेमिफाइनलमा पुगेको जानकारी दिएकी हुन् ।  

‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु  । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन् ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दछु ।’  

 

null

मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला यसअघिदेखि नै अगाडि छन् । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन् । आउँदो डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *