भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे प्रचण्डले भने– मोदी नआउनु ठूलो खबर होइन

कात्तिक १९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको यात्रामा तीव्र गतिका साथ अगाडि बढ्ने बताएका छन् । 

सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । 

तिहार लगत्तै मन्त्री मण्डल फेरिने चर्चा चलिरहेका बेला अध्यक्ष प्रचण्डले तत्काल मन्त्रीमण्डल हेरफेरको सम्भावना नरहेको जानकारी दिँदै भने, ‘ अहिले सरकार एक नम्बर गियरमा चलेको छ । कामकारवाहीको गति पनि तीव्र रुपमा अघि बढाइन्छ ।’ 

null

साथै प्रचण्डले सञ्चारकर्मीहरुले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे राखेको जिज्ञासा मेटाउँदै मोदी नेपाल भ्रमणमा नआउनु ठूलो खबर नरहेको बताए । उनले मोदी धेरै पटक नेपाल भ्रमणमा आइसकेका कारण यो पटक आएनन् भने पनि कुनै ठूलो खबर नभएको बताएका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिसेम्बरमा नेपाल भ्रमण आउने चर्चा चलिरहँदा अध्यक्ष दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *