अदालतमा सुचना प्रविधिको प्रयोगसँगै सेवा प्रवाह छिटो, छरितो र पारदर्शी बन्दै

मंसिर १०, बिराटनगर । सुचना प्रबिधिको प्रयोग अदातली काम कारवाहीमा समेत प्रयोग हुन थालेपछि अदालतको काम कारवाही र सेवा प्रवाह फेरिएको छ । 

ईन्टरनेट प्रबिधिको प्रयोगले झन्झटिलो कामकाजी प्रकृया अन्त भएकोले अदालतको कामकाजमा सुधार आएको हो । जसका कारण अदालती सेवा छिटो, छरितो ,पारदर्शी बन्दै गएको छ । बिरानगरमा रहेका उच्च र जिल्ला अदालतले सुचना प्रबिधिको प्रयोग बढाएका छन् । 

 

null

यी कार्यालयहरुले अनलाईनबाट म्याद तामेली गर्ने र तारेख लिने गरेका छन् । जसका कारण अदालती कामकाज छिटोछरितो र पारदर्शी हुन पुगेका छ । २०६७ बाट सर्वोच्च अदालतले मात्र कमप्युटर प्रबिधिको ईन्टरनेट मार्फत कामकाज गर्न र सेवा प्रबाह गर्न थालेको थियो । हाल प्रदेश र जिल्लामा रहेका उच्च र जिल्ला अदालतमा पनि ईन्टरनेट प्रयोगको बिस्तारसँगै अदालतको कामकाज र सेवा प्रवाहमा दु्रत रुपले सुधार आउन थालेको उच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए । 

उनले भने ‘अदालतले सञ्चालन गरेको आधिकारीक बेवसाईट ‘सुप्रिमकोर्ट डट जीओभी डट एनपी’ मा गएर जो कोहीले चाहेको जानकारी सहजै लिन पाइन्छ ।’ उक्त्त बेवसाईट प्रयोग गरेर दैनिक र साप्ताहिक पेशी सुची हेर्न, आदेश र फैसलाको जानकारी लिन र पुर्ण पाठ हेर्ने सकिनेछ । आफ्नो ईन्टरनेट र अनलाईन सेवालाई प्रभावकारी बनाउन अदालतले सबै फाँटमा दक्ष प्राबिधिकको दरबन्दी व्यवस्था गरेको छ । 

सबै इजलास अगाडी वा परिसरमा डिस्प्ले मनिटर राखेर मुद्दाको अवस्थाबारे जानकारी गराउन थालेको छ । जसका लागि अदालत परिसरमा ४ वटा डिस्प्ले मनिटर जडान गरिएको छ । राजिष्टार रेग्मीले आजकल ईन्टरनेट सेवा बिस्तार भएपछि सबैले घर वा कार्यालयमा बसीबसी हातमा रहेको मोवाइल वा कमप्युटर मार्फत फैसालको बारेमा सहजै रुपमा जानकारी लिने गरेका जानकारी दिए । अनलाईनबाटै म्याद तामेली र तारेख उच्च अदालत बिराटनगरका अनुसार अदालती सेवाका लागि अहिले घरमा बसी सेवाग्राहीले अनलाईनबाटै म्याद तामेली गर्न र तारिक लिन पाउने छन् । त्यसकालागि पहिले मुद्दा दर्ता भएको अदालतमा आफनो फोटो सहितको बायोडाटा भर्नु पर्ने हुन्छ । अब बायोडाटा भरिसकेपछि सेवाग्राहीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएपछि अनलाईनबाटै तारेख र म्याद तामेली हुन्छ । 

यो सेवा देशका सबै तहका अदालतमा सुचारु भैसकेको छ । हाल उच्च अदालत बिराटनगरमा मात्र हप्तामा ६० देखी ७० जनाले अनलाईबाटै म्याद तामेली गर्ने र तारेख लिने काम गरिरहेका उच्च अदालतका अभिलेख फाँटका नायव सुब्वा ओमराज सुबेदीले जानकारी दिए । उनले इन्टरनेटको प्रयोगबाट अदालती सेवाबारे जानकारी बिस्तार हँुदै गएपछि त्यो संख्या अझै बढ्दै गएको जानकारी दिए । 

अदालतले मुद्दाको जानकारी लिन आदेश र फैसला हेर्नकालागि सर्वसाधारणकालागि निःशुल्क वेवपेज उपलब्ध गराएको छ । तर, अनलाईनबाट म्याद तामेली गर्न र तारेख लिन चाही आन्तरिक सफ्टवेयर प्रयोग गर्ने गरेको छ । अदालतमा वकपत्र, मुद्धाको दर्ता र सुनवाई लगायतका सेवाका लागि भने सेवाग्राही अदालतमै पुग्नु पर्नेछ । 

कानुनी बिषय अध्यन गर्ने, दस्तावेजहरु खोज्ने पढने र जाहेरी , निवेदन र फिरादपत्र आदि बिभिन्न लिखतहरु तैयार पार्नकालागि पनि सहयोग पुग्न थालेको छ । 

अधिवक्ता पुरुशोत्तम नेपालले अदालतको वेवसाइटमा खोलेर कुन तहको कुन अदालतमा कहिले मुद्दाको पेशी, ईजलासबाट भएको फैसाला लगायतका जानकारी लिन पनि सहज भएको बताए । 

अदालतले इन्टरनेट सेवा बिस्तार गर्दै गएसँगै कानुनी व्यवसायी र सेवा ग्राहीहरुले प्रयोग गर्ने क्रम पनि बढदै गएको उनले बताए । अधिवक्ता नेपालका अनुसार पहिले मुद्दामा संलग्न कानुन व्यवसायी र वादी प्रतिवादीको मुद्धाको सुनवाई भएको मुद्दाको आदेश वा फैसला के भयो भनेर अदालतमै कुरेर जानकारी लिने परिपार्टी पनि अहिले अन्त्य भएको छ । 

आजकल ईन्टरनेट सेवा बिस्तार भएपछि सबैले घर वा कार्यालयमा बसीबसी हातमा रहेको मोवाइल वा कमप्युटर मार्फत जानकारी लिने गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *