पुजा चौधरीः कसरी समाजमा उदाहरणीय उद्यमी बनिन् (भिडियो रिपोर्ट सहित)
निम्न आय स्तर भएका परिवारको जिवन यापन कति कठिन हुन्छ हामी जो कोहीले पनि सहज अनुमान लगाउन सक्छौं । त्यसमा पनि ग्रामिण महिलाहरुको जिवन यापन झनै कठिन हुन्छ ।
महिला माथि गरिने विभेद मध्ये गरिविका कारण हुने विभेद पनि एक हो । निम्न वर्गको परिवारमा जन्मिएर अनेक अभाव भोगेकी महीलाले विवाह गरेर अर्काको घरमा भोग्ने विभेद पनि डरलाग्दो छ । त्यसमाथि श्रीमान नै बेरोगार भएपछी कति पिडा भोग्नुपर्छ भन्ने कुरा सुनसरी गढी गाउँपालिकाकी पुजा चौधरीलाई भन्दा अरुलाई थाहा नहुन सक्छ ।
अभावै अभावमा अनेकौं कष्ट भोगेकी पुजाले फरवार्ड कम्युनिटि माइक्रो फाइनान्स वित्तिय संस्था मार्फत ऋण लिएर व्यवसाय सुरु गरेपछी भने सुखको जिन्दगी विताईरहेकी छिन् ।
null
‘श्रीमानको कमाइ भएन भने, सम्पत्ति भएन भने धेरै पिडा हुँदो रहेछ, जागीर नभएको मान्छेलाई सबैले हेलाँ गर्दो रहेछन् । मलाई पनि त्यस्तै भयो’ पुजा विगतको कुरा सम्झिएर आँखाभरी आँसु पार्छिन् ।
पुजा विवाह पश्चात जब अनेकौं सपना सजाएर पतिकोको घर आउँछिन उनका ति सबै सपना केवल सपनामै सिमित बनिदिन्छ । विवाहका केही वर्षसम्म आफ्ना एकमात्र सहारा बेरोजगार श्रीमान जसबाट पुजाले आफ्नो सानो भन्दा सानो आवश्यकता पनि पुरा गर्न सक्दीनन् ।
त्यतिखेर उनलाई आफ्नो जिन्दगीनै नर्क भन्दा खराब भएको आभाष हुन्थ्यो । अझ गाउँमा रोजगार र आय आर्जनको कुनैपनि माध्यम नहुँदा विहान बेलुका हात मुख जोर्न समेत धौ धौ परेको थियो । त्यसमा पनि तराईको आदीवासी थारु महिला जो समाजमा खुलेरै वोल्न सक्दैनन् उनी पनि त्यहि समाजमा रहेकीले त्यो अवस्थाबाट बाहिर निस्कने अवस्थै थिएन ।
आर्थिक अभावले उनलाई अनेकौं समस्याले ठुलै विकराल रुप लियो । सन्तानको भविष्यका बारेमा सोच्दा सोच्दै पुजाका अनेक रात सिरानी आँशुले भिज्दथ्यो । यसरी दिनरात रोएर कटाउनु भन्दा पुजाले केहि गर्ने उपाय खोज्न थालिन् । र, आफ्नै घर छेउको विद्यालय अगाडी सानोतिनो चिया पसल खोल्ने सोच बनाइन् ।
सिप र पुँजी दुवै नभएकी पुजालाई सामान्य चिया पसल खोल्नपनि पहाड फोडे जत्तिकै थियो । चिया पसल त खोल्ने तर, पुँजी कहाँबाट ल्याउने ? प्रश्न टड्कारो थियो । तर, जहाँ समस्या त्यहाँ उपाय भने जस्तै पुजाको केहि गर्ने अठोटका अघिल्तिर समस्या गौण भइदिए । पुजाका अगाडी उभिएको समस्या हल गर्न उनले एक छिमेकी महिला सँग अनुनय विनय गरेर थोरै ऋण लिइन् ।
अनी त्यहि ऋणको पैसाबाट जसो तसो चियानास्ता पसल खोल्ने आँट गरिन्, विद्यालयका शिक्षकहरुसँग अनुनयविनय गरेर बाँसको कटेरो बनाइन् । अनी सामान्य चियानास्ता पसल सुरु गरिन् । तर, हातमा सिप नभएकी पुजाले सुरुका दिनमा बनाएका चिया नास्ता कसैले खाइदिएनन् । ग्राहकले भने अनुसारको नास्ता बनाउन नजान्दा उनको लगानी बालुवामा पानी खन्याए सरह भयो ।
‘मैले यो ब्यवसाय सुरु गर्न यहाँको स्कुलमा पढाउने एक जना मिसलाई पैसा सापटी मागें, मिस आज मसँग सामान ल्याउने पैसा भएन, सापटी दिनुन भन्दा उहाँले मेरो हात समाएर ल आजबाट यसरी पसल चलाउने भनेर अगाडी लगाउनु भो ।’ कमलो मनकी धनी पुजा गहभरी आँसु पार्दै भन्छिन् ।
तर, भोलीको सुनौलो भविष्य खोजेकी पुजाले हार खाइनन् । भोलि पल्ट फेरी खर्च भएर उब्रिएको पैसाले आवश्यक सामान ल्याएर पुनः चिया नास्ता बनाईन् । दिनभर ग्राहक नआइदिएपछि अन्तमा उनले सोहि विद्यालयमा पढाउने शिक्षक शिक्षीकालाई खाजा खाईदिन आग्रह गरिन । त्यति गर्दा समेत चिया नास्ता नविक्ने देखेपछी उनीहरुलाई पैसा भएका बेला दिन भन्दै नियमित चिया नास्ता खाईदिन अनुरोध गरिन् ।
जसोतसो विद्यालयका शिक्षक र विद्यार्थीले खाजा खाइदिन थालेपछी पसल त चल्न थाल्यो तर, लथालिंङ तवरले कसरी सधैं चल्थ्यो र । उनलाई पसल व्यवस्थीत पार्न पुँजि अभाव थियो । छर छिमेक र घरपरिवारसँग हारगुहार गर्दा समेत सहयोग पाउनु त कता हो कता उल्टै समाज र परिवारले ‘महिलाले पनि यस्तो गर्ने ?’ भन्दै तिरस्कृत गरे ।
‘कतिजनाले त बाहिर बस्ने महिला राम्रो हुँदैन भनेर मलाई तिरस्कार गरे, हेलाँ गरे ।’ उनी भन्छिन्–‘तर मैले मसँग पनि दुई हात खुट्टा छ, बुद्धि छ जसरी पनि देखाएरै छाड्छु भन्ने अठोट लिँए, बाहिर काम गर्न सबैभन्दा साथ र सहयोग श्रीमान र परीवारको चाहिँदो रहेछ, मलाई ब्यवसाय गर्न परीवार र श्रीमानले सहयोग गर्नुभो ।’
हरेस नखाई संघर्ष गरिरहे एक दिन अवश्य सफलताको बाटो भेटीन्छ भनेझैँ उनको जिवनमा सहयोगी हात बनेर फरवार्ड कम्यूनिटि माइक्रो फाइनान्स वित्तिय संस्था आईपुग्यो । पुँजी अभाव खड्की रहेका बेला फरवार्डका कर्मचारीहरु उनको मेहनत र लगनशीलता देखेर पसलमा ऋण उपलब्ध गराउने भन्दै आईपुगे ।
उनीहरुले नै पसललाई कसरी ब्यवस्थित गर्ने, आफुमा भएको सिपलाई कसरी निखार्ने सल्लाह पनि दिएपछि उनमा हौसला बढ्यो । र, पछी उनले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सबाट सहुलियत रुपमा ऋण लिएर आफ्नो चिया नास्ताको पसललाई ब्यवस्थित गर्नुका साथै विस्तार पनि गर्न सफल भइन् ।
फरवार्डले उनलाई ऋण मात्र उपलब्ध गराएन । अभिमुखिकरण तालिम दिएर आफ्नो संस्थाको विभिन्न कार्यक्रममा सोही पसलको खानेकुरा ल्याउने र सम्पूर्ण क्याटरिनको जिम्मा पनि दियो । फरवार्डले लगानी पनि गरिदिने, सिप सिकाउन तालिम पनि दिने र बजार विस्तारमा समेत सहयोग गरेपछि जाँगरिली पुजालाई फरवार्डको साथ बरदान सावित भइदियो । फरवार्डको आर्थिक साथ पाएपछि उनले कहिल्यै पछाडी फर्किएर हेर्नु परेन ।
पहिले बेरोजगार भएर बरालिने उनका श्रीमान यतिबेला पुजालाई सघाइरहेका छन् । आज पुजाले सोही पसल र व्यवसायबाट पर्याप्त आय आर्जन गरि आफ्ना सन्तानलाई राम्ररी उच्च शिक्षा दिन सक्ने भएकी छिन् । परिवारलाई दुईछाक मिठो मसिनो खुवाएर सुखको जिवनयापन गर्न सफल भएकी छिन । अर्को महत्वपूर्ण कुरा उनी त स्वरोजगार भइन् नै अरु तीन जनालाई रोजगारी समेत दिएर समाजमा उदाहरणीय महिला ब्यवसायीका रुपमा स्थापित भएकी छिन् ।
गढी गाँउपालिका १ की सरस्वती चौधरी पनि पुजाको संघर्ष र सफलताबाट प्रभावित भएकी छिन् । ‘उहाँले परवार्डबाट ऋण लिएर त्यसलाई सहि सदुपयोग गरेर आजको स्थानमा आइपुग्नु भएको हो ।’ उनी भन्छिन् ।
पुजाले सोही पसलको आम्दानीबाट हुलाकी राजमार्गमै ठुलो पसल सञ्चालन गर्ने उद्देश्य लिएर लाखौँ रुपैयाँ पर्ने जमिन समेत किनेर राखेकी छिन् । उनी चाडैं त्यसमा ठूलो पसल सञ्चालन गर्ने योजना बनाइरहेकी छिन् र, पुजाको योजनालाई मूर्तरुप दिनका लागि फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स दाहिने हात भएर आउने तरखरमा छ ।
फरवार्डबाट ५ हजार रुपैंया ऋण लिएर व्यवसाय सुरुगरेकी पुजा अहिले २ लाख रुपैयाँ विनाधितो ऋण लिन सक्ने भएकी छिन् । सफलतामा सहयोगी बनेको फरवार्डबाटै ऋण लिएका उनका साथी र छिमेकीहरु समेत उनको सफलता देखेर उत्साहीत बनेका छन् ।
भगवती चौधरी,अध्यक्ष, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था
सुनसरीकी पुजा चौधरी त उदाहरणकी एक पात्र मात्र हुन् । यसरी फरवार्डबाट विनाधितो कर्जा लिएर पुजा जस्ता धेरै महिलाहरु स्वरोजगार मात्र बनेका छैनन्, धेरैलाई रोजगारी दिने उद्यमी पनि बन्न सफल भएका छन् ।
‘लघुवित्त कार्यक्रमले महिलालाई सक्षमता तर्फ डोर्याएको छ, आफ्ना बालबच्चालाई राम्रो शिक्षा दिक्षा दिन सकेका छन्, घरमा आइपरेका आर्थिक, सामाजिक समस्या हल गर्न सफल भएका छन् ।’ फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाकी अध्यक्ष तथा महिला अधिकारवादी नेतृ भगवती चौधरी भन्छिन्–‘हामीले लघुवित्त कार्यक्रम चलाउँदा महिला सचेतनाका कुरा पनि गर्ने गरेका छौं, यसले महिला माथी हुने घरेलु हिंसा न्यूनिकरणमा पनि टेवा पुगेको छ । अहिले गाउँ टोलमा कुनै महिला माथी हिंसा भयो भने, हाम्रा महिला दिदिबहिनीहरु त्यसका विरुद्ध सचेतना जगाउन अगाडी बढ्न सक्ने हुनुभएको छ ।’
फरवार्डमा अहिले पुजा चौधरी जस्ता धेरै उद्यमी महिला छन्, जसले संस्थाबाट ऋण लिएर त्यसको सहि सदुपयोग गर्दै आफ्नो जिवनस्तर उकास्न सफल भएका छन् । फरवार्डले महिलालाई उनीहरुको रुचि अनुसारको सिप सिकाएर ऋण लगानी गर्ने गरेकोले उनीहरुले ऋणको सहि सदुपयोग गर्ने गरेका छन् ।
समुदायमा आधारीत यस लघुवित्तले धेरैलाई आय आर्जनका लागि सहयोग पुर्याएको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स धेरैको जिवन स्तर उकास्न कोसेढुंगा सावित भएको छ । मेहनत, परिश्रम र इच्छा शक्ति हुनेहरुका लागि फरवार्ड कम्यूनिटि माइक्रो फाइनान्स वित्तिय संस्था वरदान सावित हुने देखिन्छ ।
हेर्नुहाेस, भिडियाे रिपाेर्ट
https://youtu.be/3n_mgu9rc_o