नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको छः प्रधानमन्त्री ओली
कात्तिक २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङ सँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए ।
null
त्यस्तै चीनका पर्यटन तथा संस्कृति मन्त्री सुगाङले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक लगानी गर्न आफ्नो सरकार सदैव तयार रहेको बताए ।
चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए ।
गतवर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराएका थिए ।
यसलाई अझै बढाउन यहाँको सांस्कृतिक सम्पदाको संरक्षणमा नेपालले जोड दिनुपर्ने मन्त्री सुगाङको प्रधानमन्त्री ओलीलाई सुझाव थियो।