निर्मला हत्या प्रकरणः शंकास्पद ४ जनाको डिएनए नेगेटिभ

कात्तिक ३०, काठमाडौँ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानका क्रममा परिक्षण गरिएका थप ४ जनाको डिएनए नेगेटिभ देखिएको छ । 

निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यसँग थप ४ जनाको डिएनए मेल खाएन । 

यसअघि पनि ५ जनाको डिएनए परिक्षण गरिसकिएको छ, तर अहिलेसम्म गरेकामध्ये कसैको डिएनए म्याच भएको छैन । 

null

अन्य कुनै ठोस प्रमाण नभएपछि प्रहरीले डीएनए परीक्षणलाई अनुसन्धानको आधार बनाएको हो। घटना घटेको १०० दिन बढी भइसक्दा पनि दोषी अझै पत्ता लाग्न सकेको छैन । 

यता निर्मलाका आमाबाबु पनि निर्मलालाई न्याय दिलाउन तथा सरकारलाई दबाब दिनका लागि गत आइतबारदेखि धर्नामा छन् । धर्नामा बसेका उनीहरुको स्वास्थ्य अवस्था बिग्रदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका थिए । 

गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *