विराटनगर महानगरपालिकामा इजलास कक्ष सुरू

कात्तिक १५, विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलास कक्षबाट मुद्दाको सुनुवाई गर्ने प्रकृया शुरु गरेको छ । 

बिहीबार एक कार्यक्रमको आयोजना गरेर विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, उपमेयर एवं न्यायिक समितिका संयोजक इन्दिरा कार्की सहित समितिका सदस्यहरुले समितिका इजलासको शुभारम्भ गरेका छन् । 

न्यायिक समितिमा पर्ने मुद्दा यसअघि इजालस कक्षको अभावमा उप मेयरको कार्यकक्षबाट नै कार्य सम्पादन हुँदै आएको थियो । 

null

महानगरले बिहीबारबाट छुटै इजालस कक्षको निर्माण गरी मुद्दाको निरुपण गर्ने कार्य शुरु गरेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । 

उपमेयर एवम् समितिका संयोजक कार्कीका अनुसार न्यायिक समितिमा पर्ने मुद्दाको सुनवाई अब साप्ताहिक रुपमा इजालस कक्षबाट कार्य सम्पादन गरिने छ । उपमेयर कार्की संयोजक रहेको तीन सदस्यीय न्यायिक समिति इजालसमा विनोदकुमार बस्नेत र तिर्र्थेन्द्र न्यौपाने सदस्य रहेका छन् । 

संविधानको धारा २१७ बमोजिम स्थानीय तहका उपमेयरको संयोजकत्वमा छुटै न्यायिक समिति निर्माण गर्ने व्यवस्था गरिएको छ । जसमा स्थानीय स्तरमा विवाद निरूपण गर्न देवानी प्रकृतिकाः जग्गा जमीन, अंशबण्डा लगायतका मुद्दाको सुनवाई गर्ने अधिकार समितिलाई प्रदान गरिएको छ । 

विराटनगर महानगरपालिको न्यायिक समितिमा एक वर्षको अवधिमा ७१ वटा मुद्दा परेका छन । स्थानीय सरकार गठन भएको एक बर्षको अवधिमा परेका मुद्दामध्ये सम्बन्ध विच्छेदका २३ वटा मुद्दा परेको छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *