कोलम्बो प्रोसेसको छैटौँ बैठकः आज मन्त्रिस्तरीय छलफल हुँदै

कात्तिक ३०, काठमाडौँ । आप्रवासी श्रमिकका सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ को छैँठौ बैठकमा आज मन्त्रिस्तरीय छलफल हुँदैछ । 

वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था कोलम्बो प्रोसेसको सम्मेलन काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै आज सकिने छ । 

पहिलो दिन बिहीबार बसेको प्रोसेसको सचिवस्तरीय बैठकले तयार पारेको घोषणापत्रलाई अन्तिम रूप दिन आज १२ राष्ट्रको मन्त्रीस्तरीय बैठक बस्दैछ। 

null

सम्मेलनमा नेपालसहित इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी हुनेछन् । 

बिहीबारको बैठकमा सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल भएको छ। बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध लगायतका विषयमा छलफल भएको हो । हिजोको बैठकमा उच्च पदस्थ अधिकारीहरु सहभागि भएका थिए । 

कोलम्बो प्रोसेसको बैठकमा रोजगारीका लागि गन्तव्य मुलुकसँग कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने नेपालको तयारी रहेको छ भने बैठक मार्फत् एकै प्रकारको करारपत्र बनाएर सबै देशका कामदारले समान तलब, सेवासुविधा पाउने व्यवस्था गर्न लागिएको हो । 

बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) र कोलम्बो प्रोसेसबिचको अन्तरसम्बन्ध, जिसिएम कार्यान्वयनका सन्दर्भमा विश्वव्यापी, क्षेत्रीय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषयमा छलफल चलिरहेको छ । 

कोलम्बो प्रोसेस वैदेशिक रोजगारीमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च हो। सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *