मुक्ती आश्रम केन्द्रलाई सहयोग

दुहवी, कात्तिक, १६ । मोरङको बुढीगंगा स्थित मुक्ती आश्रम केन्द्रलाइ बिराटनगर मधुमारा निवासी पूर्ण बहादुर अधिकारी तथा उनकी श्रीमती गंगादेवी अधिकारीले १ लाख १ हजार सहयोग गर्नु भएको छ । 

बुढीगंगा वडा नम्वर १ र ४ को सिमानामा रहेको सिंगिया खोला छेउमा अवस्थित मुक्ती आश्रम केन्द्र संरक्षणको पर्खाइमा रहेको थियो । शुक्रवार एक कार्यक्रमका बिच अधिकारी दाम्पतीले मुक्ती आश्रम केन्द्रलाइ चेक हस्तानतरण गरेका हुन । 

 

null

हाम्रो संस्थाको आवश्यकतालाइ बुझी सहयोगी शुभचिन्तक हुनुु भएको भन्दै मुक्ती आश्रम केन्द्रका अध्यक्ष चन्द्रशेखर न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए । संरक्षण र प्रचार प्रसारको अभावमा मोरङको एक पर्यटकीय स्थलको सम्भावना बोकेको मुक्ती आश्रम केन्द्र ओझेलमा परेको छ । 

स्थानीय स्तरमा सहयोग जुटाइ निर्माण गरिएको आश्रम केन्द्रको संरक्षण र प्रचार प्रसारका लागि बुढीगंगा गाउँपालिकाले रचनात्मक काम गर्नु पर्ने स्थानीयहरुको भनाइ छ । यस क्षेत्रको गौरवका रुपमा रहेको मुक्ती आश्रम केन्द्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउनु पर्नेमा स्थानीयको जोड छ । 

धार्मिक महत्वको मुक्ति आश्रम केन्द्र करिब अढाई बिगाह क्षेत्रमा फैलिएको छ । भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा मुक्ति आश्रम केन्द्र धार्मिक पर्यटकीय स्थल बन्नसक्ने स्थानीय बासिन्दाहरु बताउँछन् । लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको मुक्ति आश्रम केन्द्रलाई अब आधुनिक तरिकाले चौतर्फी बिकास गर्न सकेमा उपयुक्त हुने स्थानीयहरु बताउँछन् । आश्रम केन्द्रका अध्यक्ष चन्द्रशेखर न्यौपानेले २ तल्ले पक्की भवन र चारैतिर तारजाली लगार्ई वृक्षारोपन गरि व्यवस्थित गरिएको बताए । 

आश्रम केन्द्रको दक्षिण तर्फ नेट र पानीटंकी सहितको दाहसंस्कार गर्ने वेदी, मध्यक्षेत्रमा स्मसानेश्वर माहादेवको २० मिटरको मन्दिर, क्रियापुत्री बस्ने घर, श्रद्धाश्रम (जेष्ठ नागरिक गृह) स्नेहाश्रम (बालाश्रम) गुरुकुल शिक्षाकालागि विद्यालय लगायतको गुरु योजना रहेको बताउँनुभयो । 

आश्रम केन्द्रको संरक्षण र बिकासका लागि बिभिन्न निकायले थुप्रै अभ्यासहरु सञ्चालन गनुपर्ने देखिन्छ । आश्रम केन्द्रमा तत्कालै बुढीगंगा गाउँपालिकाले व्यवस्थित बाटो र तटबन्ध निर्माण गरिदिन आवश्यक रहेको देखिन्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *