इराकी सीमा नजिकै विद्रोही र सरकारी सेनाबीच झडप, कम्तीमा २ सय जनाको मृत्यु

२०७५ मंसिर ११ गते

काठमाडौं । सिरियाली विद्रोहीको प्रभाव क्षेत्र इराकी सीमा नजिकै विगत तीनदिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ ।
अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन्। आइएस लडाकूहरुले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताहरुले जानकारी दिए।
भीडन्तका कारण अन्य ५१ जना आम नागरिक पनि मारिएको जनाइएको छ। यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सबैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्सका सुरक्षाकर्मीहरु मारिएको घटना हो।
null
आइएस लडाकुहरुद्वारा मारिएको सन् २०१५ पछिकै यो सबैभन्दा ठूलो घटना भएको सिरियाली मानव अधिकारवादीले बताएका छन् । घटनाहरूमा परी ६१ जना जिहादि विद्रोही पनि मारिएका छन् ।

२०७५ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित