कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ । बिहिबार ५ नेताले आफ्नो धारणा राखेपछि स्थगित भएको बैठकमा आज थप नेताहरुले धारणा राख्ने छन् । 

विधान संशोधन मस्यौदामा केन्द्रित रहेको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले बिहिबार आफ्नो धारणा राखेका थिए । त्यसपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगितको घोषणा गरे । 

काँग्रेसको संशोधिन विधानको मस्यौदामा देउवा समूह र रामचन्द्र पौडेल समूहले आफ्ना कुरा समेट्न जोड गरिरहेका छन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *